प्रदेशले सिफारिस गरेका नेतालाई केन्द्रीय सदस्य बनाउने एकीकृत समाजवादीको निर्णय
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार १५:०:८
२३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेशबाट नाम सिफारिस भएर आए नामबाट थप केन्द्रीय सदस्य बनाउने भएको छ । आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेशका इन्चार्ज र सचिवहरुसँग केन्द्रीय कमिटी सदस्य बनाउन सकिनेहरुको नाम पठाउन निर्देशन दिएको छ ।
केन्द्रीय कमिटी बैठकले सबै प्रदेश र जिल्लाबाट क्लस्टर मिलाएर केन्द्रीय सदस्यका लागि नाम दिन प्रदेश इन्चार्जहरुलाई आग्रह गरेको हो । बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गर्दै प्रदेशका इन्चार्ज र सचिवहरु र यो केन्द्रीय कमिटीमा भएका सदस्यहरुको परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गरी केन्द्रीय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्न जिम्मेवारी दिइएको छ ।
प्रदेशस्तरबाट नामहरु आएपछि त्यसलाई केन्द्रीय कमिटीले निर्णय गर्नेछ । असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसालको नाम मात्र टुंगो लगाएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिएको थियो ।
सोही म्याण्डेट अनुसार पहिलेका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । त्यसरी बनेको ९३ जनाको केन्द्रीय कमिटीले थप केन्द्रीय सदस्य चयन गर्न प्रदेशका इन्चार्ज, सचिव र केन्द्रीय सदस्यहरुलाई दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार