प्राकृतिक विपत्तिमा परेकाको खोज, उद्धार शीघ्र गर्न सांसदको आग्रह
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १२:४२:३५
२८ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको आकस्मिक समयमा सांसदहरूले मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान गएको पहिरोमा परी दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता हुँदा हराइरहेका ६५ जना यात्रुको शीघ्र खोज, उद्धार गर्न आग्रह गर्नुभयो ।
सांसद शङ्कर भण्डारीले प्राकृतिक विपत्तिको सामान गरिरहेका नागरिकको उद्धार, राहत र क्षतिपूर्तिको कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरे । उनले अहिलेको परिस्थितिमा सिङ्गो सदन एकजुट भएर मुलुकसामु आइपरेको सङ्कट समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।
सांसद दामोदर पौडेल ‘वैरागी’ ले देशभर बाढी, पहिरो चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको भन्दै पीडितको उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । उनले पोखरा महानगर–१९ स्थित तल्लाकोटमा पहिरामा परी एकै परिवारका सात जनाको दुःखद् निधन भएको, दुईजना घाइतेको उपचार भइरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
मुलुकका अन्य स्थानमा पनि प्राकृतिक विपत्तिका घटना बढिरहेका जनाउँदै सांसद पौडेलले उद्धार र राहतमा समस्या भइरहेकाले तत्काल व्यवस्थापकीय कार्य मिलाउन आग्रह गरे ।
सांसद जीवन परियारले त्रिशूली नदीमा बस बेपत्ता भएको घटनामा दुःख व्यक्त गर्दै शीघ्र खोज र उद्धार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद ठाकुर गैरेले सरकारले विपद् जोखिमको लागि तयारी गरेको भए पनि उक्त तयारी पर्याप्त नदेखिएको भन्दै उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभर प्राकृतिक विपत्तिमा परेका नागरिकको यकिन विवरणसहित उनीहरुको उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन माग गरे । सांसद ज्ञानु बस्नेत सुवेदीले त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका नागरिकको उद्धार गर्न माग गरे । उनले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरिन् ।
सांसद प्रभु साहले मुलुक प्रकृतिक विपत्तिका घटनाबाट आक्रान्त रहेको भन्दै अहिलेको परिस्थितिमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रामनाथ अधिकारीले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोजन्य घटनाले जनजीवन प्रभावित बनेको भन्दै खोज, उद्धार र राहतका कार्यलाई चुस्त बनाउन माग गरे ।
सांसद मनबहादुर गुरुङले बाढी, पहिरोलगायत विपित्तिमा परेका नागरिकको खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरे । सांसद प्रदीप यादव र सांसद देवप्रकाश तिमल्सिनाले त्रिशूली घटनामा वेपत्ता नागरिकको यथाशीघ्र खोजी गरी उद्धार प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद डा अमरेशकुमार सिंहले उद्धार र राहतको कार्यलाई शीघ्र रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसदहरू तारा लामा तामाङ, रामप्रकाश चौधरी, अच्युतप्रसाद मैनाली, प्रभु हजारा र किरणकुमार साहले देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्तिका घटनाको ध्यानाकर्षण गराउँदै खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार