कुन मन्त्रीले के गरे पहिलो निर्णय
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १६:३४:२२
३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग सबै मन्त्रीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । उनले त्यसअघि लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । उनी नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पनि पुगेका थिए ।
उपप्रधानमन्त्री सिंहः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गर्दै सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुन मन्त्रालयमा पठाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।
सो क्रममा उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको भन्दै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्यअनुसार अघि बढाउने धारणा राखे । मन्त्रालयको काम कर्तव्यको सीमाभित्र रहेर जनताको अपेक्षाअनुसार काम गर्ने उनले बताए ।
गृहमन्त्री लेखकः गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।
अर्थमन्त्री पौडेलः नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् । ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ । विकास वित्तको विकल्पका रुपमा यो आएको मन्त्री पौडेलले बताए । सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलः नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका हुन् ।
‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउने, एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउने, र धेरै ठूला काम कति गर्न सक्छौं, तर साना साना कुराहरुको परिवर्तन गरेर देखाउने उनले बताए । मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताए । ‘अबको एक हप्ताभित्र मन्त्रालयले तत्काल के गर्छ भन्ने कुरा र ३ महिनाभित्र, ६ महिनाभित्र र एक वर्षभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्ने बताए ।
कृषिमन्त्री अधिकारीः नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, कर्मचारीको आन्दोलनका कारण उनी पदभार ग्रहण कार्यक्रम प्रभावित बनेको छ । धादिङ–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका अधिकारीलाई पद बहालीका लागि मन्त्रालय पुग्दा प्रवेशद्वारमै अवरोध भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा एक सयको हाराहारीमा कर्मचारीले वृत्ति विकासको माग गर्दै १६ दिनदेखि धर्ना दिँदै आएका छन् ।
नवनियुक्त मन्त्री अधिकारी कार्यभार सम्हाल्नका लागि १६ दिनदेखि धर्नामा बसेका कर्मचारी अवरोध बनेका छन् । उनले पदभार ग्रहण गर्नु अघि नै आन्दोलनरत कर्मचारीको सामना गर्नु पर्याे । यद्यपि, उनले आन्दोलित कर्मचारीलाई भेटेर समस्या समाधानको आश्वासन दिएका छन् । कृषि क्षेत्रमा दुधको वक्यौता रकम भुक्तानी, कृषि लगानी दशक घोषणा, रासायनिक मलको वितरण प्रणाली, उखुको सहुलियत रकम, कृषि बीमाको अनुदान भुक्तानी, जलवायु परिवर्तनले देखिएका नयाँ रोग किरा, कृषि क्षेत्रमा कर्मचारी व्यवास्थापन लगायत समस्या र कार्यान्वयनका लागि नवनियुक्त कृषिमन्त्री अधिकारीका लागि चुनौती देखिएको छ ।
परराष्ट्रमन्त्री राणाः नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गर्दै राष्ट्रिय दिवसमा मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई सन्देश पठाउने निर्णय गरेकी छिन् । यो उनको पहिलो निर्णय हो । यसअघि राजतन्त्र हुँदा सम्मा मात्रै यो प्रचलन थियो । त्यसअघि उनले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर स्व. नेता बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार