रुकुम पश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, ७ जना घाइते
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार ९:७:५
१ साउन, सुर्खेत । रुकुम पश्चिमको आठबिसकोटमा गएराति आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । भूकम्पपछि बनाइएको अस्थायी टहरामा बाढी पस्दा तीन जना बालिकाहरूको मृत्यु भयो भने अन्य ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ८ वर्षीय हितमाया पुन, ५ वर्षीय धनिसा पुन र ४ वर्षीय मनिषा सार्की रहेका छन् । घटनामा ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेका छन् ।घाइतेहरूको आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । त्यसैगरी डिल्लीबहादुर डाँगी बेपत्ता भएका छन् । उनको खोजी कार्य पनि भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक बखत बहादुर शाहीले दिएको जानकारी अनुसार आठबिसकोट नगरपालिका–१२ झिमचौरमा माथिबाट आएको झिमचौर र तातोपानी खोलाको बाढीले स्थानीय शेरबहादुर पुनको अस्थायी टहरा बगाएको थियो । उनको घरमा ७ जना बसिरहेका थिए । ७ मध्ये तीनको मृत्यु भएको हो । घटना पश्चात् जिल्ला सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार