मधेश सरकारका नवनियुक्त पाँचैजना मन्त्रीले लिए शपथ
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार २१:७:२६
३ साउन, जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ शपथ लिएका छन् ।
मुख्यमन्त्री सतिश सिंहले नियुक्त गरेका कांग्रेसका ४ जना र लोसपाका १ जना मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराइन् । कांग्रेसबाट सुनिलकुमार यादवले अर्थ मन्त्री, जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।
यस्तै लोसपाका प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीका रूपमा शपथ लिएकी छन् । शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा दिइएको छ । बिनाविभागीय मन्त्री मो. सकिल मियालाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार