मनाङ जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गरिने
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार ११:४७:३४
६ साउन, मनाङ । हिमाली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्रै बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनी पहिरोको जोखिममा रहेको यो सडक चालु आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ ।
सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले जानकारी दिए । सरकार र अन्य सरोकारवाला निकायसँगको समन्वय तथा साझेदारीमा सडक कालोपत्रसहित स्तरोन्नति प्रक्रिया अघि बढेको सांसद गुरुङले बताए । उनले भने, “मनाङका स्थानीयवासी र पर्यटकलाई सहज बनाउनेगरी सडक कालोपत्र हुने भएको छ ।”
सडक कालोपत्र गर्न डुम्रे–बेँसीसहर–चामे सडक योजनासँग मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनाले पनि सहकार्य गर्ने भएका छन् । सडक विस्तार तथा स्तरोन्नति गर्न दानाक्युमा रहेको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सहमत भएको छ । जलविद्युत् आयोजना निर्माणका लागि सडक स्तरोन्नति आवश्यक भएकाले सरकारको काममा सहयोग गर्ने आयोजनाका उपमहाप्रबन्धक प्रतीकमानसिंह प्रधानले बताए ।
उनका अनुसार भौगोलिक विकटतासँगै साँघुरो र पहिरोको जोखिम रहेको सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम भएका स्थानमा ढलान र अन्य स्थानमा कालोपत्र गरिनेछ ।
हिउँद वर्षा दुवै याममा साना तथा ठूला सवारीसाधन सहजै आवतजावत गर्नसक्ने गरी सडक विस्तार गर्नेगरी योजना निर्माण भइरहेको बेँसीसहर–चामे सडक योजनाका निमित्त प्रमुख किरण पोख्रेलले बताए ।
सडक स्तरोन्नतिका क्रममा केही बस्ती प्रभावित हुने देखिन्छ । खासगरी लमजुङतर्फ स्याँगे, श्रीचौर, जगत च्याम्चे र मनाङतर्फ धारापानी गाउँका केही बस्ती सडक विस्तारका क्रममा प्रभावित हुने देखिएको हो । यस सडकमा हिउँदमा हिउँ र वर्षामा बाढीका कारण कैयौँ स्थानमा सडक अवरुद्ध हुँदा मनाङवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
दुई वर्षअघि बेँसीसहरदेखि खुदीसम्म करिब आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । यस सडकखण्डअन्तर्गतका अधिकांश भाग जोखिमपूर्ण र विस्तार गर्नुपर्ने अवस्थाका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार