माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १५:२०:७
१० साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको भन्दै कतैबाट पार्टी फुटाउने प्रयास भइरहेको संकेत दिएका छन् । उनले केन्द्रीय कमिटीको बैठकमा सुनेको कुरा सत्य भए षडयन्त्र गम्भीर खालले अगाडि बढेको जानकारी दिएका छन् । उनले कस्तो षडयन्त्र भनेर नखुलाए पनि पार्टीलाई विभाजन गराउने खेल भइरहेको प्रति नेताहरूमा संकेत गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्र भइरहेको कुरा पनि सुन्नमा आएको बताए । पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको र त्यसको गहन विश्लेषण गरेर जानकारी हासिल गरी पूर्ण सतर्कता अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । उनले भने, ‘हाम्रा विरुद्धमा अनेकौं किसिमका षडयन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो? थाहा छैन ।’
उनले सुनेका वा अरूले सुनाएका सबै कुरा असत्य नहुने बताए । यसबारे सबैले गहन रुपमा अनुसन्धान गर्नुपर्ने उनले बताए । उनले नेताहरूले यो विषयमा जानकारी लिनुपर्ने बताए । जानकारी लिएर यस विषयमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्ने विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग संवाद गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार