हेटौंडा उपमहानगर २ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिने
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार ७:५०:१५
११ साउन, काठमाडौं । हेटौंडा उपमहानगरपालिका वडा–२ ले शनिबार बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै वडा अध्यक्ष विष्णुगोपाल महर्जनले भने, “हामीले लामो समयदेखि गरेको मेहनत र तयारी अब फलदायी हुँदैछ । शनिबार हामी औपचारिकरुपमा हाम्रो वडालाई बालमैत्री वडाका रुपमा घोषणा गर्दैछौं ।”
वडाले बालमैत्री स्थानीय शासन घोषणाका लागि उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपाल सरकारको मापदण्डअनुरुप आवश्यक ५१ वटा सूचकमध्ये ४५ वटा सतप्रतिशत, ३ वटा ९६ प्रतिशत, १ वटा ९५ प्रतिशत र १ वटा ९० प्रतिशत पूरा भएका छन् । केवल एउटा सूचक २० प्रतिशतमा सीमित छ, जसलाई सुधार गर्न थप प्रयास भइरहेको अध्यक्ष महर्जनले बताए ।
वडामा १८ वर्षमुनिका १ हजार ८ सय ११ बालबालिका छन् । जसमध्ये ५२.१३ प्रतिशत (९ सय ४४) बालक र ४७.८७ प्रतिशत (८ सय ६७) बालिका छन् । बालबालिकाको सक्रिय सहभागिताका लागि १९ वटा बाल समूह र १ वटा वडा बाल सञ्जाल गठन गरिएको छ, जसमा ४ सय ६० बालबालिका आबद्ध छन् । विभिन्न संरचनागत समितिमा थप २५ जनासहित कुल ४ सय ८५ बालबालिकाको प्रत्यक्ष सहभागिता छ ।
वडामा १ सामुदायिक र २ संस्थागत गरी ३ विद्यालय र २ वटा बालविकास केन्द्र सञ्चालनमा छन् । यसले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याएको छ । अध्यक्ष महर्जनले पत्रकार भेटमा भने, “विद्यालयहरुमा छात्र र छात्राका लागि अलग शौचालय व्यवस्था, सेनिटरी प्याड वितरण र बालमैत्री आचारसंहिता लागु गरिएको छ । विद्यालय भर्ना अभियान, नियमित उपस्थिति सुनिश्चितता र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएका छन् ।”
वडाले बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि पूर्ण स्तनपान प्रवद्र्धन र स्तनपानकक्ष स्थापना गरेको छ । पोषण शिक्षा र ५० सुत्केरी तथा बालबालिकालाई पोषण सामग्री वितरण गरेको अध्यक्ष महर्जनले बताए । बालसंरक्षणका लागि वडाले बालविवाह, बालश्रम र बाल दुव्र्यवहारविरुद्ध सचेतना कार्यक्रमहरु गरेको छ । बालअधिकार समितिको सक्रिय काम भइरहेको र बालश्रममा भेटिएका बालबालिका उद्धार, मनोसामाजिक परामर्श र पारिवारिक पुनस्र्थापना गरिएको अध्यक्ष महर्जनले बताए ।
अध्यक्ष महर्जनका अनुसार विद्यालय र समुदायमा लागुपदार्थ दुव्र्यसन र साइबर अपराधसम्बन्धि सचेतना कार्यक्रम, बालमैत्री सम्पर्क व्यक्ति नियुक्ति, जन्मदर्ता अभियान र विद्यालय भर्नामा जन्मदर्ता अनिवार्य जस्ता कार्य गरिएका छन् । आर्थिक वर्ष २०८१/०८२ का लागि वडाले बालमैत्री कार्यक्रममा ३८ लाख बजेट विनियोजन गरेको अध्यक्ष महर्जनले बताए ।
उनले यसमा बालमैत्री स्थानीय शासन घोषणा तयारीका लागि ५ लाख, बाल भेलाबाट छनौट भएका कार्यक्रमका लागि ५ लाख, स्वास्थ्य कार्यक्रमतर्फ ४ लाख, छात्रवृत्ति कार्यक्रमतर्फ १ लाख, विद्यार्थी सम्मान तथा पुरस्कारका लागि १ लाख, चिल्ड्रेन पार्क तथा खुला व्यायामशाला निर्माणका लागि १० लाख, खेलकुद प्रतियोगिता र सामग्री खरिदका लागि ७ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
वडा अध्यक्ष महर्जनले भने, “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी हो । शनिबारको घोषणा सँगै हामी बालबालिकाको सर्वाङ्गीण विकासका लागि थप प्रतिबद्ध र जवाफदेही हुनेछौँ । हामी निरन्तर सुधार र प्रगतिका लागि प्रयासरत रहनेछौँ ।”
वडा कार्यालयले घोषणा कार्यक्रमको तयारी तीव्र पारेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र विशेषगरि बालबालिकाको उपस्थिति रहने जनाइएको छ । यस अवसरमा वडाको बालमैत्री यात्रा, उपलब्धिहरू र भावी योजनाको विस्तृत प्रस्तुति हुने बताइएको छ ।
हेटौंडा–२ को उक्त प्रयासले बालबालिकाको समग्र विकास र सहभागितालाई प्राथमिकता दिएको छ, जुन दीर्घकालीन सामाजिक विकासका लागि महत्वपूर्ण छ । शनिबारको घोषणाले न केवल वडालाई, बरु सम्पूर्ण हेटौंडा उपमहानगरपालिका र वागमती प्रदेशलाई बालमैत्री वातावरण निर्माणतर्फ अग्रसर गराउने आशा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार
काठमाडौंको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी
पुष २४, २०८१ बुधबार
कस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार