प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, ५ देखि १० लाखसम्म असुलेर २८९ जनाको सूची
नेपालबहस संवाददाता
साउन १२, २०८१ शनिबार १२:२२:५४
११ साउन, काठमाडौं । नेपाल प्रहरीभित्र भनसुन, हस्तक्षेप र राजनीतिक प्रभाव कति छ भन्ने कुरा लेखापाल सरुवामा पनि देखिएको छ । सरकार परिवर्तनको असरले गर्दा असार मसान्तभित्र गरिसक्नु पर्ने सरुवा झण्डै दुई सातापछि आएर गरिएको छ । प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्त भित्र लेखापालहरूको सरुवा गर्नुपर्ने प्रावधान छ ।
दुई वर्ष लेखापाल भएर काम गरेकाहरूको असार मसान्तमा सरुवा गर्नुपर्ने प्रावधान छ । यो पटक प्रावधान मिचेर आर्थिक वर्ष सुरु भएको दुई साता लाग्न लाग्दा लेखापालको सरुवा गरिएको छ । प्रहरीका केही अधिकारीहरू विदेश गएर आएकाले सरुवामा ढिला भएको तर्क गरिएको छ । कांग्रेस र एमालेबीच १७ असारमै नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । १९ असारमा एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लेखापाल सरुवामा असर परेको थियो ।
ठूला बजेट चलाउने कार्यालयमा जान लेखापालहरूको प्रतिस्पर्धा नै हुन्छ । यसमा आफन्त र रकम चढाएर त्यो कार्यालयमा जाने रस्साकस्सी नै चल्छ । लेखापालहरूको सरुवा प्रहरी प्रधान कार्यालयको प्रशासन विभागले गर्ने भएपनि व्यापक राजनीतिक हस्तक्षेप हुन्छ । यतिबेला प्रशासन विभागको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई छन् । उनले समयमै सरुवा गराउन सकेनन् र झण्डै दुई सातापछि धकेलियो ।
३० असारमा नयाँ सरकार बन्यो भने ३१ असारमा रमेश लेखक गृहमन्त्री बने । यसले दुई सातासम्म लेखापाल सरुवा पछि सरेको प्रहरी अधिकारीहरू बताउँछन् । अहिले आएर प्रहरी प्रधान कार्यालयले लेखापालहरूको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेकाहरूलाई सरुवा राखिएको बताइएको छ ।
प्रति व्यक्ति सरुवा गर्दा ५ देखि १० लाखसम्म असुलेर लेखापालहरु खटाइउको स्रोतको भनाई छ । अझ क वर्गबाट क वा ख वर्गको कार्यालयमा सरुवा गर्दा २० लाखसम्म उठाइएको बताइन्छ । खासगरी क र ख वर्गका कार्यालयमा आर्कषक बजेट हुने भएकाले यसपटकको लेखापाल सरुवामा करिब १० करोडको खेलोफड्को भएको चर्चा प्रहरी प्रधान कार्यालय मै हुने गरेको छ ।
सरुवा अनुसार प्रहरी प्रधान कार्यालय स्थित कल्याण महाशाखामा रविन ढकाल र केन्द्रीय अनुसन्धान ब्यूरोमा रवीन्द्र थापालाई पठाइएको छ । शेखरजंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । इन्स्पेक्टर सविन कुमार संग्रौला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र वरिष्ठ सई अजय कुमार खनाल मुस्ताङमा सरुवा भएका छन् । बाँकेमा वरिष्ठ सई कमलकान्त पुनलाई पठाइएको छ ।
विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकाराम राईलाई पठाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रदेश प्रहरी कार्यालयमा दिनेश प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा इन्स्पेक्टर दीपेश खरेल सरुवा भएका छन् ।
महाराजगन्ज स्थित प्रहरी अस्पतालमा ध्रुव बहादुर विष्टलाई सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापागाईँ र बागमती प्रदेशमा प्रकाश शाहलाई पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजय बहादुर घले आएका छन् । अरु सबैको ठाउँ तोकेर सरुवा गरिएको छ ।
यस्तो छ सरुवाको विवरण
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार
लक्ष्मी सनराइज बैंकको 'एजीएम' आज
पुष २४, २०८१ बुधबार
काठमाडौंको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी
पुष २४, २०८१ बुधबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
कस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार