सहकारीको रकम ठगेर विदेश भागेकालाई तत्काल नेपाल फर्काउन गृहमन्त्रीलाई समितिको निर्देशन
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार १३:४६:४०
१४ साउन, काठमाडौं । सरकारी संस्थाको बचत अपचलन र ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सरकारलाई विदेशमा भागेर लुकेका ठगहरूलाई समातेर नेपाल फिर्ता गर्न निर्देशन दिएको छ । सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल कुनै पनि माध्यमबाट स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई समितिले निर्देशन दिएको हाे ।
सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देश बाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो । बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलगायतलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो ।
सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ । सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।
यस्तै शिव शिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय पनि गरेको छ । त्यसको सूची गृहमन्त्रीलाई दिएको र कारागारमा भएकाहरूसँग सोधपुछ गर्न आवश्यक जनशक्ति र समय प्रबन्ध गर्न गृहमन्त्री र सचिवलाई निर्देशन दिएको समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी स्थानीय तह निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छः अध्यक्ष प्रचण्ड
माघ ५, २०८१ शनिबार
समाजवादी मोर्चासँग सहकार्य नगर्ने पक्षमा देखिए उपेन्द्र
माघ ५, २०८१ शनिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
माघ ५, २०८१ शनिबार
हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया
माघ ५, २०८१ शनिबार
आगामी स्थानीय तह निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छः अध्यक्ष प्रचण्ड
माघ ५, २०८१ शनिबार
मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण
माघ ५, २०८१ शनिबार