स्याङ्जामा बाढिपहिरोमा परी १४ जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १२:५:२८
प्रकाश डोटेल
१५ साउन, स्याङ्जा । यस वर्षको पछिल्लो मनसुनपछि आएको अविरल वर्षाले स्याङ्जामा हालसम्म १४ जनाको मृत्यु भएको छ । १४ जनाको मृत्युसँगै बाढी तथा पहिरोमा परी ९ जना घाइते भएका छन् । उद्धार र उपचारपछि घाइतेहरु घर फर्किएका छन् ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिकाका ४, बिरुवा गाउँपालिकामा ३, फेदिखोला गाउँपालिकाका २, अर्जुनचौपारी गाउँपालिकामा २ जना, भिरकोट नगरपालिकामा २ जना, र आँधीखोला गाउँपालिकामा १ जनाको मृत्यु भएको हो । जिल्लाका ११ पालिका मध्ये अन्य पालिकामा भने मानविय क्षति भएको छैन् ।
त्यस्तै अविरल वर्षाका कारण ५४ पशुचौपायाको मृत्यु भएको छ । जिल्लामा ३ सय ९२ घर जोखिममा रहेका छन् भने १५ घर पूर्ण रूपमा क्षति भएको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार ८३ गोठ जोखिममा रहेका छन् ।
मानवी क्षति भएमा संघीय सरकारले दिने प्रतिव्यक्ति दुई लाख र प्रदेश सरकारले दिने ५० हजार राहत रकम प्रभावित परिवारलाई प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको छ । राहत रकम प्रभावित परिवारको घरमै पुगेर प्रजिअ सुनिता नेपालले हस्तान्तरण गरेकी हुन् ।
उता नेपाली काङ्ग्रेका उपसभापति एवं पुर्वमन्त्री धनराज गुरुङले जिल्लामा भएको क्षतिको अवलोकन गरेपछि प्रभावित परिवारलाई राहत स्वरुप १०÷१० हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।
अविरल बर्षाले बिरुवा गाउँपालिका ६ लामाखेतमा आएको पहिरोमा पुरिएर ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएपछि अभिभावक बिहिन भएका १४ बर्षका रोशन शर्मालाई पुर्वमन्त्री गुरुङले १२ कक्षासम्म निःशुल्क पढाउने प्रतिबद्धता समेत जनाएका छन् ।
अविरल वर्षापछि आएको बाढी र पहिरोले जिल्लाका हजारौ हेक्टर खेतीयोग्य जमिन सखाप भएको छ । दुई दर्जन ग्रामीण सडक क्षतविक्षत भएका छन् भने कुलो तथा नहरसँगै अन्य भौतिक संरचनामा करोडौं मुल्य बराबरको क्षति पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार