उपत्यकाका नदी किनारका बस्ती जलमग्न, ललितपुरका विभिन्न क्षेत्रबाट २४ जनाको उद्धार
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार ९:३१:५९
१६ साउन, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी बढेको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।
बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ ।
यस्तै अविरल वर्षाका कारण ललितपुरमा डुबानमा परेका २४ जनालाई प्रहरीले उद्धार गरेको छ । युएन पार्कबाट दुई जना, सुन्दरी घाटबाट ८ जना, बालकुमारी पुलबाट १ जना र महालक्ष्मी नगरपालिका–७ स्थित चागाँथलीबाट ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
सानेपा राम मन्दिरबाट ६ जना मानिस र ८ वटा बाख्रा उद्धार गरिएको छ । ललितपुरबाट ३ बालक, ८ महिला र १३ जना पुरुष समेत गरेर २४ जनाको उद्धार गरिएको छ । गएरातिको अविरल वर्षाको कारण च्यासल स्थित एमालेको पार्टी कार्यालय र फुटबल मैदानमा पानी पसेको छ ।
ललितपुर महानगरपालिका–२ स्थित सानेपा हुँदै शंखमुल करिडोर सम्मको सड्कमा बागमती नदी पसेको छ । इमाडोल स्थित किष्ट अस्पताल र पवन प्रकृति स्कुल आसपासको क्षेत्र डुबानमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार