सीआईबी प्रमुख ज्ञवालीमाथि परेका उजुरी छानबिन गर्न प्रहरी मुख्यालयले बनायो समिति
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार ११:५५:२३
१६ साउन, काठमाडौं । आगामी भदौ २६ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी ) श्याम ज्ञवालीमाथि कारवाही हुने भएको छ । ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेसँग साँठगाँठ भएको, उमेर तलमाथि बनाएर नक्कली सर्टिफिकेट चलाएको र आफ्ना छोराछोरीलाई अनधिकृत रुपमा विदेशमा राखेको जस्ता उजुरीमाथि छानबिन हुने भएको हो ।
उनीवरिुद्ध परेका उजुरीमाथि छानबिन गरी कारवाही चलाउन प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखसमेत रहेका एआईजी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन गरेको उनको सचिवालयले जनाएको छ । ज्ञवालीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेका थिए ।
उनीविरुद्ध उजुरी पर्ने निर्देशनालयको प्रमुख एसएसपी हुने भएकाले एआईजीमाथि छानबिन गर्न एसएसपी तहको दर्जाले नमिल्ने भन्दै एआईजी राईको नेतृत्वमा समिति गठन गरिएको हो । स्रोतका अनुसार एआईजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागिएको हो । यसअघि विभागीय छानबिन भइसकेका मुद्दामा पनि पुनः छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ ।
गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यलाई सरुवा गरेर ज्ञवालीलाई सीआईबीको जिम्मा दिइएको थियो । जाँचबुझ आयोगले बज्राचार्यसहित अन्य प्रहरी अधिकारीमाथि पनि कारवाही गर्न सिफारिस गरेको थियो ।
ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि व्यक्तिमाथि थप अनुसन्धान नगरेको आरोप पनि छ । तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरेको अनुसन्धानसमेत विवादमा छ । बाल मन्दिर जग्गा प्रकरणमा मृतकका नाममा पनि अदालतबाट पक्राउ पुर्जी जारी गराएको, बाल मन्दिर प्रकरणसँगै जोडिएका व्यापारीसँग अस्वाभाविक हिमचिम गरेको, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग अस्वाभाविक सम्बन्ध राखेको लगायत विषयमा छानबिन गर्न समिति गठन भएको प्रहरी प्रधान कार्यालयले स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार बीचमा सीआईबी प्रमुख भएका श्याम ज्ञवालीले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रै छानबिन गर्न उजुरी परेका थिए । भविष्यमा प्रहरी अधिकारीको हैसियत गैर व्यावसायिक उद्देश्यका लागि दुरुपयोग हुन सक्ने सम्भावनालाई निरुत्साहित गर्न ज्ञवालीमाथि कारबाही गर्ने गरी समिति बनाइएको हो ।
नेपाल प्रहरी भित्र एआईजी ज्ञवालीमाथिको कारबाही प्रतिशोधपूर्ण र प्रहरीमा भित्रिएको चरम राजनीतिको दुरुपयोगका रुपमा पनि हेर्न थालिएको छ। आईजीपी कुँवरले निकम्मा बनाएको प्रहरी संगठनलाई थप कुरुप बनाउन आफ्ना प्रतिस्पर्धी ठानिएका ज्ञवालीलाई ईगोका रुपमा कारबाही गर्न लागेको चर्चा प्रहरी माझ हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
भदौ ३०, २०८१ आइतबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
असोज १, २०८१ मंगलबार
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
असोज १, २०८१ मंगलबार
बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने
असोज १, २०८१ मंगलबार
पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
असोज १, २०८१ मंगलबार
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
असोज १, २०८१ मंगलबार
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
असोज १, २०८१ मंगलबार