हेटौंडाबाट विद्युत महशुल बापत ९ महिनामा १ अर्ब ५३ करोड राजस्व
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार २१:२३:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/nea-logo_OxT720DQOq.jpg)
हेटौंडा । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौंडाले चालू आर्थिक वर्षको ९ महीनामा विद्युत् बिल भुक्तानीबाट रु १ अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ ।
हेटौंडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौंडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत गरे बापत राजस्व बुझाउने गरेको बताइएको छ ।
साथै वितरण केन्द्रकोे करीब रु ५० लाख बिल ई सेवामार्फत राजस्व सङ्कलन भइरहेको छ । त्यस्तै प्राधिकरणले हेटौँडा क्षेत्रभित्र रहेको १४० वटा उद्योगलाई ठूला ग्राहकका रुपमा राखेर विशेष सेवासमेत प्रदान गरिरहेको छ । वितरण केन्द्र अन्तर्गतका सो उद्योगको रिमोर्ट मिटरबाट मिटर रिडिङ गर्ने गरेका छ । केन्द्रका प्रमुख शम्भु कुसियतका अनुसार ग्राहकले निवेदन दिए लगतै विद्युत् मिटर जडान हुने गरेको र अन्य प्राविधिक तथा प्रशासनिक काम योजनाबद्ध तरिकाबाट भइरहेको छ । त्यस्तै केन्द्रले ई सेवामार्फत मासिक चार हजार ग्राहकले विद्युत् बिल भक्तानी गरिरहेको जनाएको छ ।
विद्युत् चोरी तथा चुहावट रोक्न निरन्तर अनुगमन कार्य भइरकेको पनि केन्द्रले जनाएको छ । यसैबीच प्राविधिक रुपमा भइरहेका विद्युत् चुहावट रोक्न क्षेत्रीय विद्युत् कार्यालय हेटौँडाद्वारा मातहतका कार्यालयबीच छलफलको आयोजना ग¥यो । सो कार्यक्रममा क्षेत्रीय कार्यालयअन्र्तगत रहेका १३ वटा कार्यालयका प्रमुख एवं प्रतिनिधिले प्राविधिक रुपमा चुहावट हुने विद्युत्को विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपघिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
साल्ट ट्रेडिङले भन्यो:- नुनको आवश्यक मौज्दात यथावत् छ, भीड नलाग्नु !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार