बंगलादेशको प्रधानन्यायधिसमा रेफात अहमद नियुक्त हुदैँ
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार ८:३७:१६
२७ साउन, ढाका । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश हुने भएका छन्। शनिबार, अगस्त १० को राती ९ बजे ढिलो उनको नियुक्ति हुने घोषणा गरिएको थियो। यसअघि दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त अवस्थामा थियो । प्रधानन्यायधिस हसनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहान देखी सर्वोच्च अदालत घेराउ गरेका थिए ।
त्यहाँ आन्दोलनकारीहरु ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीले भने, ‘प्रधानन्यायाधीश लगायत अन्य न्यायाधीशले राजीनामा नगरे हसिनाजस्तै कुर्सीबाट बाहिर निकालिनेछन् ।’ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी छिन् ।
यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई कुनै जानकारी नदिई शनिबार सम्पूर्ण अदालतको बैठक बोलाएका थिए । सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीशले राजीनामा दिएपछि थप ५ जना न्यायाधीशले पद छाड्न सक्नेछन् । आन्दोलनकारीले ६ जना न्यायाधीशले राजीनामा नदिएसम्म सडक नछाड्ने अडान लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार