मोडल हन्टको विजेता बने हिमाञ्चल, टिना, आर्यन सोनी चौधरी र सिमरन
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार ११:५२:१८
२७ साउन, काठमाडौं । मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ को विजेता हिमाञ्चल राज केसी, टिना परियार, आर्यन सोनी चौधरी र सिमरन चन्द बनेका छन् । बिहीबार काठमाडौंको होटल याक एण्ड यतिमा सम्पन्न ग्राण्ड फिनालेमा उनीहरु विजेता घोषित भएका हुन् ।
एमएस प्रोडक्सन नेपालले आयोजना गरेको फेस अफ नेपालमा २१ जना प्रतियोगीहरू सहभागी रहेका थिए । जसमध्ये ६ जना महिला र ६ जना पुरुष गरी जम्मा टप ६ मा १२ जना छनोट भएका थिए । छनोट भएका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै टिना, सिमरन, हिमाञ्चल र आर्यन विजयी बन्न सफल भएका हुन् । फिनालेमा जजको मूल्यांकन र भोटिङबाट ४ जना विजेता घोषणा भएको एमएस प्रोडक्सन नेपालकी अध्यक्ष मेनुका माझीले बताइन् ।
फेस अफ नेपालका विजेताहरूले अवार्ड, प्रमाण पत्र साथै नगदसमेत गरी करिव २० लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाएका छन् । अध्यक्ष माझीले विजेताहरूलाई शुभकामना दिँदै आगामी यात्रामा अझ सक्रिय भई लाग्नु पर्ने बताइन् ।
फेस अफ नेपालका यस वर्षको विजेताहरू प्रतिस्पर्धाको लागि दक्षिण कोरियामा हुने ‘एसिया मोडल फेस्टिभल’ सहभागी हुँदै छन् । उक्त कार्यक्रम कोरियामा अगामी नोभेम्बरमा हुँदैछ ।
सातवटै प्रदेशमा अडिसन गरी छनोट भएका प्रतियोगिहरुलाई मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ मा समावेश गरिएको थियो । छनोट भएकालाई देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिमसमेत दिइएको थियो । मोडलिङ क्षेत्रमा लागेकाहरूको सारथि बनेको यस कार्यक्रम आगामी दिनमा थप सुदृढ बनाइ अगाडि बढ्ने अध्यक्ष माझीले बताइन् ।
दक्षिण कोरियामा हुँदै आएको मोडल हन्टलाई नेपालले फ्रेन्चाइज लिएर सन् २०१६ देखि मोडल हन्ट ’फेस अफ नेपाल’ नेपालमा सञ्चालनमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
माघ २०, २०८१ आइतबार