बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १६:४२:२८
२७ साउन, ढाका । बंगलादेशको २५ औं प्रधानन्यायाधीश सैयद रेफात अहमदले पद तथा गोपनीयताको शपथ लिएका छन । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आइतबार बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए।
यस सम्बन्धमा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ । राष्ट्रपतिले जनवादी गणतन्त्र बंगलादेशको संविधानको धारा ९५ (१) बमोजिम आफूलाई दिइएको शक्तिको प्रयोग गर्दै सर्वोच्च अदालतको उच्च अदालत डिभिजनका न्यायाधीश सैयद रेफात अहमदलाई बंगलादेशको प्रधानन्यायाधीशमा नियुक्त गरिएको जनाईएको छ ।
सैयद रेफात अहमदको जन्म २८ डिसेम्बर १९५८ मा भएको थियो। उनका बुबा ब्यारिस्टर सैयद इश्तियाक अहमदले बंगलादेशका पूर्व महान्यायाधिवक्ताको रूपमा काम गरेका थिए। उनकी आमा, डा. सुफिया अहमद, बंगलादेशकी राष्ट्रिय प्राध्यापक र ढाका विश्वविद्यालयमा इस्लामिक इतिहास र संस्कृतिका प्रमुख प्राध्यापक थिइन्। भेदभाव विरोधी विद्यार्थी आन्दोलनले यसअघि सैयद रेफात अहमदलाई प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको थियो।
त्यसलगत्तै ओबैदुल हसनले बंगलादेशको न्यायिक निकायको प्रमुख पदबाट राजीनामा दिएका थिए । पछि पुनरावेदन महाशाखाका न्यायाधीश मोहम्मद अशफाकुल इस्लाम कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार