लिविया झडपमा नौ जनाको मृत्यु, १६ जना घाइते
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १७:१६:१०
२७ साउन, त्रिपोली । लिवियामा प्रतिद्वन्द्वी दुई समूहबीच भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
लिबियाको स्वास्थ्य मन्त्रालयको आपतकालीन विभागका प्रवक्ता ओसामा अलीले शनिबार घटनाको पुष्टि गरेको छ । उनले सङ्ख्या उल्लेख नगरिकन केही हताहत भएको आफूलाई जानकारी प्राप्त भएको बताएको छ ।
प्रवक्ता अलीले सिन्ह्वालाई दिएको जानकारीअनुसार ट्राजुरा जिल्लामा भएको झडपका कारण दर्जनौं परिवार सुरक्षाका कारण विस्थापित भई आफन्त कहाँ शरण लिनपुगेका छन् ।
सन् २०११ मा मध्यपूर्वका अन्य छिमेकी देशहरू इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन भएसँगै लिबियामा पनि सरकारविरोधी आन्दोलन चर्केको थियो । सो प्रदर्शनलाई फ्रान्स, अमेरिका र बेलायतसहितका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समर्थन र सहयोग रहेको थियो ।
नेटो गठबन्धनको सेनालाई लिबिया आक्रमणमा खटाइएको थियो । निरन्तर नेटो गठबन्धनले आक्रमण गर्दै गद्दाफीको शासनलाई कमजोर पारेको र गृहनगर सिर्तमा भएकै आक्रमणमा गद्दाफी मारिएको थियो ।
नेता मुअम्मर गद्दाफीको पतन देखि नै हिंसा र राजनीतिक अस्थिरता रहेको छ । तत्कालिन सरकारका सेना र विद्रोहीसमूहबीचको आन्दोलन गृहयुद्धमा परिणत भएपछि बनेका समूहहरूबीचको सङ्घर्षका कारण दर्जनौँ साना समूहको जन्म भएको र बेलाबेला उनीहरूबीच नै झडपका घटना हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार