साउने सोमवारको दर्शनमा भागदौंड हुँदा ७ जनाको मृत्यु, ३५ घाइते
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार ७:५१:३३
२८ साउन, काठमाडौं । विहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ । भागदौड राति भएको हो । दुर्घटनाको जानकारी दिँदै घाइतेहरूलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जेहानाबादका प्रहरी निरीक्षकले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् जबकि ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ । भागदौडमा आफ्नी एक महिला आफन्तको मृत्यु भएको एक व्यक्तिले बताएका छन् ।
‘प्रशासनको लापरवाहीका कारण यस्तो भएको हो । त्यहाँ उपस्थित मानिसहरूले मलाई भने कि प्रशासनले सुरक्षाको लागि राष्ट्रिय क्याडेट कोरका मानिसहरूलाई तैनाथ गरेको थियो र उनीहरूले भक्तहरूमाथि लाठीहरू प्रयोग गरे।
जसका कारण मानिसहरु दौडन थालेका थिए भने केही लडेका थिए । यो नितान्त प्रशासनको दोष हो’ उनले भने । साउनको समयमा यस मन्दिरमा भक्तजनको ठुलो भीड हुन्छ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार यहाँ धेरै मानिस पूजा गर्न आएका थिए र यो दुर्घटना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार