यातायात कार्यालय पर्साले एक वर्षमा वितरण गर्यो ३० हजार ६ सय नयाँ लाइसेन्स
आबिद हुसेन
साउन २८, २०८१ सोमबार १६:५५:३८
२८ साउन, वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजबाट एक वर्षमा ३० हजार ६ सय भन्दा बढी नयाँ सवारी चालक अनुमतिपत्र वितरण भएको छ । गत आर्थिक वर्ष २०८०-०८१ मा कार्यालयले विभिन्न समूहका नयाँ र थप गरी ३० हजार ६ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरेको हो ।
नयाँ र थप गरी ५३ हजार ५७१ जनाले सवारी चालकका लागि अनुमतिपत्रका लागि आवेदन दिएकोमा ३० हजार ६ सय ११ जना लिखित र प्रयोगात्मक 'ट्रायल' परीक्षामा उत्तीर्ण हुँदै अनुमतिपत्र प्राप्त गरेको कार्यालयका प्रमुख कमल गौतमले जानकारी दिए । यातायात कार्यालय पर्साबाट आवेदन भरेका मध्ये करिब ५७ प्रतिशतले चालक अनुमतिपत्र प्राप्त गरेको तथ्यांकले देखाएको हो ।
जसमा सबैभन्दा धेरै मोटरसाइकलको चालक अनुमतिपत्र वितरण भएको छ । ११ हजार ४ सय ४४ वटा नयाँ मोटरसाइकल चालक अनुमतिपत्र वितरण भएको छ भने समूह थपमा मोटरसाइकलकै १ हजार १ सय ५१ वटा चालक अनुमति पत्र वितरण भएको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै कार जिप, डेलिभरी भ्यान तर्फ ४ हजार ६६ नयाँ र थप तर्फ ६ हजार ७ सय २ वटा अनुमति पत्र जारी भएको छ भने स्कुटरको २ हजार २३ नयाँ र ३७ वटा थप गरी २ हजार ६० वटा जारी भएको छ । गएको आर्थिक वर्षमा मिनी बस, मिनी ट्रक तथा ट्रक, बस र लहरीको अनुमति पत्रका लागि आवेदन माग नहुँदा यसको अनुमति पत्र वितरण नभएको कार्यालय प्रमुख गौतमले बताए ।
यस्तै नयाँ र थप गरी डोजर ९, रोडरोलर ८, क्रेन १०४, दमकल ३४, लोडर ६०, स्काभेटर १७१, भ्याकुमलोडर २१३, ग्रेडर २३ र फोर्कलिफ्ट ५९ वटा अनुमति पत्र वितरण भएको छ । यस्तै ७ सय ८५ वटा प्रतिलिपी वितरण भएको छ भने २० हजार ५४१ वटा अनुमति पत्र नवीकरण भएको छ ।
कार्यालयले गएको आर्थिक वर्षमा सवारी चालक अनुमति पत्र नयाँ र थप तथा नवीकरण, प्रतिलिपि लगायत सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३४ करोड २४ लाख ९० हजार १ सय ७२ रुपैयाँ संकलन समेत गरेको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपआयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
माघ १८, २०८१ शुक्रबार
हेलिकोप्टरसँग ठोक्किएर अमेरिकमा ६४ जना यात्रु सवार विमान दुर्घटना
माघ १७, २०८१ बिहिबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
माघ २०, २०८१ आइतबार