कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिन्छः नेता डा कोइराला
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार २०:२०:४०
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिने बताएका छन् । आज यहाँ तिलगङ्गामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ फर नेशन नेपालद्वारा आयोजित ‘रोल अफ युथ इन द प्रोसेस अफ बिल्डिङ’ विषयक कार्यक्रममा नेता डा कोइरालाले युवाको आकर्षण विदेश भइरहेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
“हामीले हाम्रो खेतलाई कृषिमा प्रयोग गर्न सके धेरै युवालाई त्यसले रोजगारी दिन सक्छ, नेपालीले पुग्ने खाद्यान्न त्यही उत्पादन हुन्छ तर हामी हाम्रो घरको युवा विदेशिएकोमा खुसी छौँ । यो राम्रो होइन”, उनले भने । युवालाई शिक्षा र रोजगारीका लागि सरकार र सम्बन्धित निकाय गम्भीर नभए आउँदो समय थप अनुत्पादक हुने डा कोइरालाको भनाइ थियो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले संसारभर परिवर्तनका कारक युवा नै भएकाले नेपालमा पनि युवा परिचालनको उचित नीति आवश्यक रहेको धारणा राखे । “जसरी युवाले देश छाडिरहेका छन्, त्यसलाई नियम कानुनले भन्दा पनि अवसर सिर्जना गरेर रोक्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष डा केसीले भने । उनले प्रवासमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुलाई मात्र सफलता मान्न नसकिने उल्लेख गर्दै युवालाई नेपाल फर्किने वातावरण बनाउन आग्रह गरे।
बागमती प्रदेशसभा सदस्य याङ्किला शेर्पाले अवसरको खोजीमा बसाइँसराइ गर्ने प्रवृति रहेकाले अवसर सिर्जनामा लाग्नुपर्ने आवश्यकता औँल्याए । “ युवाहरू अवसर खोज्न गाउँबाट सहर र सहरबाट प्रवासतिर गइरहेका छन् । आफ्नै ठाउँमा अवसर सिर्जना गरेर यो समस्या समाधान गर्न सकिन्छ”, उनले भने ।
भारतीय प्रोफेसर डा दुर्गसिंह चौहान, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक (आइजी) सनतकुमार बस्नेत, चलचित्र निर्देशक तथा कलाकार आकाश अधिकारी, पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईलगायतले देशमा युवाको आवश्यकता र उनीहरू विदेशिनुको बाध्यताका विषयमा चर्चा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार