राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १८:१०:८
३० साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष डा विजयकुमार दत्तले राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन्
आयोगले पीडितलाई न्याय दिलाउन वार्षिक रुपमा प्राप्त भएका उजुरीहरूको आवश्यक छानबिन तथा तकहितका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाएको छ । त्यस अवधिमा ५८ वटा उजुरी तथा गुनासा प्राप्त प्रतिवेदनमा उल्लेख छ ।
मधेसी समुदायको हकहितको संरक्षण, प्रवर्द्धन र मधेसी समुदायको सशक्तिकरणका लागि स्थापित आयोगलाई मधेसी समुदायका अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी सङ्कलन गरी आयोगको ऐनअनुसार छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने कानुनी जिम्मेवारी छ ।
आयोगद्वारा सिफारिस भएका मुख्य विषयमा पहिचानभित्रको पहिचान, बैंकिङ लगानी विपन्नमैत्री, निजामती सेवामा प्राविधिकीकरण, सखडेश्वरी भगवतीलाई विश्व सम्पदामा सूचीकृत गर्न, धार्मिक द्वन्द्वको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन र मुलुकभित्र विभिन्न धार्मिक कार्यका लागि आउने रकम एकद्वार प्रणालीबाट भ्यिाउन गरिएको पहललगायत छन् ।
सीमा व्यवस्थापन, पर्यावरण न्याय, मूर्त तथा अमूर्त प्राकृतिक सम्पदा, निरपेक्ष गरिबीको रेखामुनी रहेकाको वास्तविक पहिचान, सामाजिक सुरक्षा भत्ता, प्राकृतिक पर्यटन, मातृभाषा दशक, लोकनायकलाई सुचीकृत गर्न, नैतिक शिक्षाको उपयोग, शिक्षामा एकद्वार प्रणाली, चुरे संरक्षण, जनककालीन दरबार, हुलाकी राजमार्ग निर्माणलगायत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहल्लाको पछि नलाग्नु, सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको तयारी गरेको छैनः प्रधानमन्त्री
कात्तिक ७, २०८१ बुधबार
हामी राष्ट्रिय मुद्दामा एक छौँः सत्तारुढ दल
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
चालु आर्थिक वर्षको तीन महिनाः पौने ४ खर्बको वस्तु आयात, ३८ अर्बको निर्यात
कात्तिक ७, २०८१ बुधबार
प्रियंका गान्धीको वायनाड लोकसभाको उपचुनावमा उम्मेदवारी दर्ता
कात्तिक ७, २०८१ बुधबार
स्वास्थ्य सेवामा सुधारको सन्देश
कात्तिक ७, २०८१ बुधबार
पाक्न लागेको धान असिनापानीले सखाप, किसान चिन्तित
कात्तिक ७, २०८१ बुधबार
जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ
कात्तिक ७, २०८१ बुधबार
राष्ट्र बैंकले बजारबाट झिक्न लाग्यो ४० अर्ब
कात्तिक ७, २०८१ बुधबार