दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छः मन्त्री अधिकारी
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १९:२७:३
२ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिएका छन् । उनले यसका लागि अर्थ मन्त्रालयसँग कुरा गरिरहेको पनि जानकारी दिए ।
राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलका क्रममा मन्त्री अधिकारीले किसानसँग उधारोमा दूध लिने डेरी तथा उद्योगीले उक्त रकम अन्यत्र लगाउने गरेको बताए ।
आफू दुग्ध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको बताउँदै मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी)मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास लागि रहेको जानकारी दिए ।
मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले दूधको उत्पादन बढ्दै जाँदा यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अध्ययन गर्न बोर्डलाई निर्देशन दिए । बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले दूधको मूल्य समायोजन वैज्ञानिक रहेको जनाउँदै दुग्ध किसानको रकम भुक्तानीमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
मिरोज अहमद अखिल 'क्रान्तिकारी' को केन्द्रीय सचिव 'मुस्लिम' पदमा निर्विरोध निर्वाचित
माघ ११, २०८१ शुक्रबार
नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
माघ ११, २०८१ शुक्रबार
गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने
माघ ११, २०८१ शुक्रबार
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार