शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरू
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार २०:३२:४२
२ भदौ, काठमाडौं । काठमाडौँ नजिक रहेको नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा शुभारम्भ भएको छ । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा शनिबार उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकन शुभारम्भ गरिएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष एवं पर्यावरण अभियन्ता बालकृष्ण बस्नेतले एक कार्यक्रमका बीच पदयात्रा शुभारम्भ गरेका हुन् ।
त्यस अवसरमा उनले गोकुलेश्वर झर्ना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र्याउन सके स्थानीयको आयआर्जनमा वृद्धि हुने बताए । हाल प्रकृतिमाथि विभिन्न तवरबाट अन्याय भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले स्थानीय जनसमुदाय आफैँले पहल गरेर झर्नासहितको पर्यटकीय स्थान पहिचान गरेकामा खुसी व्यक्त गरे । “अत्यन्त रमणीय ठाउँको पहिचान र विकासका लागि यहाँहरूले देखाएको पहलकदमी सराहनीय छ ।
प्रकृतिलाई बचाउन सकियो भने मात्र हामी पनि बाँच्छौँ र भावी पुस्ता पनि सुरक्षित हुन्छन् भन्ने कुरा हामी सबैले मनन गर्न आवश्यक छ”, अध्यक्ष बस्नेतले भने, “शिवपुरी क्षेत्रका खोलानाला, वन, झर्नासहितका सम्पदाको संरक्षण र उपयोग गर्न सके स्थानीय जनताको जीवनस्तर उकास्न टेवा पुग्ने पक्का छ । पर्यटन प्रवर्द्धनको माध्यमबाट यहाँका स्थानीय र अर्गानिक सामाग्रीको उत्पादन तथा बिक्रीवितरण बढाएर युवालाई स्वरोजगार बनाउन यस्ता अभियानले सघाउने मैले विश्वास लिएको छु ।”
गोकुलधूप झरना र गोकुलेश्वर महादेव काठमाडौँबाट करिब एक घण्टाको दुरीमा छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा पर्ने यो झरनास्थलमा काठमाडौँबाट सामाखुसी, गुरुजेभञ्ज्याङ, काफलडाँडासम्म टोखा छहरे सडक हुँदै मोटरसाइकल वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ । मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिँड्नुपर्छ । हालै स्थानीय बासिन्दाले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ ।
गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्थानीयवासीको अग्रसरतामा हुने हरेक काममा स्थानीय सरकार सधैँ साथ रहने बताए । उनले गाउँपालिकाले शिवपुरी क्षेत्रको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार