मानवबेचविखन गरेको आरोपमा नेपाल संगीत उद्योग संघको केन्द्रीय कार्यालयमा प्रहरीको छापा
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार १३:२८:५५
५ भदौ, काठमाडौं । प्रहरीको मानवबेचविखन अनुसन्धान ब्यूरोको टोलीले नेपाल संगीत उद्योग संघको केन्द्रीय कार्यालयमा छापा मारेको छ । अनामनगरस्थित कार्यालमा बुधबार छापा मारेको ब्यूरोका एसपी गौतम मिश्रले जानकारी दिए ।
मानवबेचविखन गरेको उजुरीका आधारमा संगीत उद्योग संघको कार्यालयमा ब्यूरोले छापा मारेको बताइएको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ । संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोले जनाएको छ ।
गैरसंगीतकर्मी र कलाकारलाई मोटो रकम असुल गरेर विभिन्न देश पठाउने गुनासो आएपछि ब्युरोले छापा मारेको हो । एसपी मिश्रका अनुसार अहिले कार्यालयमा भएका कागजात हेर्ने काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार