जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइयो
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार १८:४६:१५
५ भदौ, हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटना भएको थियो । दुर्घटनामा परेका चालकसहित तीन जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२ सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र रारा छायाँनाथ नगरपालिका– १३ का रमेश मल्ल र रारा छायाँनाथ–१ का पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धारगरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत पठाइएको हो ।
यस्तै दुर्घटनाका घाइते बाजुराको बूढीनन्दा नगरपालिका–४ का सवारी चालक महेन्द्रविक्रम शाह, १५ वर्षीय रविन शाही र चङ्खेली गाउँपालिका–२ का मायादेवी शाहीको अवस्था सामान्य रहेको छ । तीनै जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिए ।
कर्णाली प्रदेश ०२–००१ च ०९२२ बोलेरो जिप आज बिहान ८ बजेतिर दुर्घटनामा परेको थियो । सडकबाट एक सय ५० मिटर तल खसेको जिप स्थानीय खड्कबहादुर शाहीको घर पछाडिपट्टी अड्एिको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार