सत्यमोहन जोशीको सम्मानमा सार्वजनिक बिदा दिने घोषणा
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार १७:४२:३
काठमाडौं । ललितपुर महानगरपालिकाले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा घोषणा गरेको छ।
सोमबार पत्रकार भेटघाटमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक बिदा दिने जानकारी दिएका हुन् । जोशी ३० गते ९९ वर्ष पूरा गरी सय वर्ष लाग्दै छन्।
राष्ट्रको कला, संस्कृति र साहित्य विकासमा महत्वपूर्ण योगदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाएको भन्दै सय वर्ष पुगेकै दिन महानगरपालिकाअन्तर्गतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।
महानगरपालिकाले पाठयपुस्तकमा उनको जीवनी समावेश गर्ने, तस्बिरअंकीत चाँदीका मुद्रा निष्काशन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्ने र उपयुक्त सडकको नामकरण उनको नाममा गरिनेलगायत २२ कार्यक्रम सार्वजनिक गरेको छ।
वैशाख ३० सम्ममा सय वर्ष पुग्न लागेका सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने महानगरको योजना छ। तर आफ्ना नगरमा केकति ज्येष्ठ नागरिक सय वर्ष पुग्न लागेका छन् जानकार िनभएको बताए। उनले भने, ‘नगरभित्रका २९ वटै वडामा ह्विप जारी गर्दै यथाशीघ्र तथ्यांक बुझाउन भनिसकेको छु।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार