जसपामा पदाधिकारीसहित ३० सदस्यीय केन्द्रीय कार्यकारिणी समिति, २७ जना केन्द्रीय सदस्य
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार ११:४३:३६
१० भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी टुंग्याएको छ । गत जेठ २८ गते सुरु भएर ३० गते सम्पन्न भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको थियो ।
जसपा नेपालको महाधिवेशन सकिएको साढे दुई महिनापछि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू तोकिएका हुन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि उम्मेदवारी दर्ता गरेपछि चुनावै नगरी अध्यक्ष उपेन्द्र यादवलई पदाधिकारी र केन्द्रीय सदस्य तोक्ने अधिकार प्रत्यायोजन गरी महाधिवेशन स्थगित भएको थियो ।
महाधिवशेन सकिएपको साढे २ महिनापछि अध्यक्ष यादवले पदाधिकारीसहित ३० सदस्यीय केन्द्रीय कार्यकारिणी समिति, २७ जना केन्द्रीय सदस्य, केन्द्रीय अनुसशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगमा रहनेहरूको नाम तय गरेका हुन् ।
पदाधिकारीमा रकम चेम्जोङलाई सदअध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै पाँच उपाध्यक्षमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवालाल थापा मगर र विद्युत् बज्राचार्य छन् । दुई महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई जिम्मेवारी दिइएको छ ।
मनिषकुमार सुमनले प्रवक्ताको जिम्मेवारी पाएका छन् । तीन उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई जिम्मेवारी दिइएको छ । सात सचिवमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धीन राई छन् । कोषाध्यक्षको जिम्मेवारी सुरिताकुमार साहलाई दिइएको छ । कार्यकारीणी समितिमा १० जना सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार