सहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्यो: अध्यक्ष प्रचण्ड
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार १८:३३:११
१० भदौ, कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक संसद्का दुवै सदनबाट पारित भएपछि सहिद तथा बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलेको बताएका छन् । सहिद तथा बेपत्ताका परिवारसँगको भेटमा आज पोखरामा उनले लामो समयको मेहिनतपछि टिआरसी विधेयक टुङ्गो लागेको बताए ।
अध्यक्ष दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै बेपत्ता योद्धाका बारेमा आयोगले छानबिन गर्ने र अब अवस्था पत्ता लगाउन धेरै समय नलाग्ने विश्वास व्यक्त गरे । उनले भने, “सहिदका लागि मात्र होइन, बेपत्ता योद्धाको अवस्था पत्ता लगाउने बाटो खुलेको छ । आयोगले छानबिन गर्छ, अब धेरै समय लाग्दैन । बेपत्ताले पनि सहिदको सम्मान र परिपूरण पाउँछन् ।”
माओवादी केन्द्रको नेतृत्वमा रहेको अघिल्लो सरकारले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको बताए । “अरु सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईं हामी सबैलाई टेन्सन थियो । त्यो पनि यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होइन, राजपत्रमै प्रकाशित गरियो । सबै सहिद राष्ट्रिय सहिदको दर्जामा जानुभयो”, अध्यक्ष दाहालले भने ।
बेपत्ता योद्धा परिवार कास्कीका अध्यक्ष अणनाथ बरालले बेपत्ता भएकाको अवस्था लामो समयसम्म पत्ता लाग्न नसक्दा आफूहरू अहिले पनि पीडामा रहेको बताए । “हाम्रा परिवारका सदस्यको अवस्था अहिलेसम्म पनि हामीलाई केही थाहा हुन सकेन । हामीले जातीय परम्परा अनुसारको कर्म गर्न पाएका छैनौँ । परिवार पीडामा बाँचिरहेका छौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार