एकीकृत समाजवादीको पदाधिकारीको मतदान जारी, कुन पदमा को को लड्दै छन् ?
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १७:१७:२०
११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न चुनाव गरिरहेको छ । कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान अहिले भइरहेको जनाइएको छ । बरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन् ।
थप १७ जना पदाधिकारीमध्ये महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्तीदेवी राई चुनावी मैदानमा छन् भने मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झा मैदानमा छन् ।
यस्तै ४ जना खुला उपाध्यक्षका लागि ११ जना चुनावी मैदानमा छन् । जसमा ललितबहादुर बस्नेत, गंगालाल तुलाधर, भानुभक्त जैसी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद बास्कोटा छन् ।
त्यस्तै चार जना उपमहासचिव पदक लागि १९ जना प्रतिस्पर्धामा छन् । जसमा लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई महेश रेग्मी, देउमान सम्वाहाम्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का रहेका छन् ।
यस्तै दलितर्फको सचिवमा निरादेवी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा छन् । यस्तै आदिवासी जनजाती समुदायबाट बलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ चुनावी मैदानमा छन् । त्यसैगरी पाँच खुल्ला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ भने १०५ पोलिटब्युरो सदस्यका लागि २०३ जनाको उम्मेदवारी परेको छ ।
यसअघि असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए । त्यसपछि बसेको केन्द्रीय समिति बैठकले ३४४ केन्द्रीय सदस्य पुर्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार