संगठन हाक्न नेपाल प्रहरीमा ११ सय इन्सपेक्टर छन, सबैलाई कमाउने अड्डा चाहिएको छः आईजीपी
नेपालबहस संवाददाता
भदौ १२, २०८१ बुधबार १५:४१:१४
१२ भदौ, रुपन्देही । नेपाल प्रहरीका महानिरीक्षक बशन्त कुँवरले प्रहरी संगठनभित्र करप्सनले प्रश्रय पाएको बताएका छन् । उनले संगठनभित्र अब निर्मम बन्नुपर्ने अवस्था आएको भन्दै सवै प्रहरी कर्मचारीको बैंक खाता जाँच गरिने बताएका छन् । उनले प्रहरी कर्मचारी, उसका आफन्त र नजिक देखिएका साथीभाइको पनि बैंक खाता जाँच हुने बताए ।
बुधबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी कर्मचारी, परिवार र साथीहरू समेतको बैंक खाता जाँच गरिने बताएका हुन् । महानिरीक्षक कुँवरले हाल कार्यरत एक जना डीआईजीमाथि संगठनले कारवाही गर्न लागेको जानकारी दिए । उनले भने, ‘हामीले डिआइजीसाबसम्म पनि करप्सनमा कारबाही गर्दछौं, तपाईं सबैले बुझ्नुपर्छ । म–म भन्नुस् । तपाईंको परिवारको खाता चेक गर्दै छौं हामी । तपाईंहरूको खाता चेक गर्दैछौं हामी । तपाईंहरूको साथी संगतीको खाता पनि चेक गर्दैछौं ।’
एक जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) फस्न लागेको बताए पनि उनले ती डिआइजीको नाम भने खुलाएका छैनन् । अहिले एक जना डिआइजीसाब फस्दै हुनुहुन्छ । त्यसैले यी कुराहरू बुझ्नुस् । निर्मम हुनुपर्ने अवस्था छ । धेरै ठाउँमा हामीले एसपी तानेका छौं, कारण करप्सनको हो ।’
नेपाल प्रहरीमा रहेका धेरैजसो प्रहरी निरीक्षकहरू ट्राफिक बन्न चाहेको र अधिकांश मधेशमा जान रूचाउने पनि उनले बताए । ट्राफिक–ट्राफिक–ट्राफिक, किन ट्राफिक ? अहिले मसँग ११ सय इन्सपेक्टरहरू छन् । त्यसमध्ये सबै इन्स्पेक्टरहरू तराई जान खोज्छन् । कमाइ हुने अड्डा खोज्छन किन ? प्रत्येक जवान तराइको अझ लुम्बिनी र मधेसको सीमा चौकी जान खोज्छ किन ? काम एउटै होइन ? त्यसकारण यी सबै कुरामा अब छानविन हुन्छ । सचेत गराउन चाहन्छु, उनले भने ।
उनका अनुसार यति बेला प्रहरीका इन्सपेक्टरहरूको सरुवाको तयारी भइरहेको छ । सरुवा हुने इन्सपेक्टरहरू सवैले राम्रो ठाँउमा जान खोजिरहेका छन् । उनीहरु आफूले चाहेको क्षेत्रमा जान विभिन्न प्रहरी नेतृत्वलाई प्रभावित बनाउन खोजिरहेका छन् । राजनीतिक शक्तिको प्रयोग गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार