आदेश खारेजको सरकारी निवेदन र पद अनुसारको उमेरहद सम्बन्धी रिट छुट्टाछुट्टै इजलासमा
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १२:५८:३८
१३ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधिसम्बन्धमा परेका छुट्टाछुट्टै रिटको सुनुवाइका लागि पेशी तोकिएको छ । सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारका तर्फबाट सर्वोच्च अदालतमा दायर रिट न्यायाधीशद्वय नहकुल सुवेदी र विनोद शर्माको इजलासमा परेको छ । पद अनुसारको उमेरहद सम्बन्धी रिट सारंगा सुवेदीको इजलाशमा परेको छ ।
सरकारको निर्णय अनुसार बुधबार महान्यायाधिवक्ता कार्यालयले ३० वर्षे सेवा अवधि हटाउने पक्षमा दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएको थियो । प्रहरीको ३० वर्षे सेवा अवधिको विषय संघीय ऐनमा राख्ने तयारी भइरहेकाले अहिले नै कार्यान्वयन नगर्नू भन्ने आदेश उचित नहुने भन्दै सरकार पुनरावलोकनमा गएको हो ।
६ भदौमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ३० वर्षे नहटाउन माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको यो आदेशसँगै १६ भदौमा अवकाश हुन लागेकाहरुको जागिर लम्बिएको थियो । यसका साथै ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेहरुको हकमा समेत अवकाशको पत्र नपठाउन भन्दै प्रहरी किताबखानालाई निर्देशन समेत दिएको थियो ।
सर्वोच्चको यो आदेशले अन्योल सिर्जना गरेको भन्दै सरकार पुनरावलोकनमा गएको हो । अर्को दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । यो रिट न्यायाधीश सारंगा सुवेदीको इजलामा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार