जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार १०:१५:४९
१६ भदौ, काठमाडौं । जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १३० जनाको शव झण्डै एक वर्षपछि भेटिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसंख्या रहेको छ । साथै एक्लोपन पनि गम्भीर समस्याको रुपमा आएको छ । जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाहरूको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ ।
राष्ट्रिय प्रहरी एजेन्सीको तथ्यांक अनुसार गत जनवरीदेखि जुन सम्मको तथ्यांक विश्लेषण गर्दा घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यी मध्ये ७० प्रतिशत व्यक्ति ६५ वा माथिका थिए । करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको छ भने करिब ३९३९ जनाको शव मृत्यु भएको एक महिनापछि भेटिएको छ ।
जापानी सार्वजनिक टिभी नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो तथ्याङ्क सरकारी समूहलाई दिनेछ जसले दाबी नगरिएको मृत्युको अनुसन्धान गरिरहेको छ । यस वर्षको सुरुमा, जापानिज राष्ट्रिय जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो, 'देशमा ६५ वर्ष र माथिका नागरिकहरूको संख्या २०५० सम्ममा १०.८ मिलियन पुग्न सक्छ ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार