अछाममा जीप दुर्घटना हुँदा ८ जना घाइते
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार १९:१९:१३
१९ भदौ, अछाम । यहाँको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जीप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । जीपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए ।
त्यसमध्ये आठ घाइते भएका छन् । घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीया प्रति साउद, साँफेबगर नगरपालिका–४ बस्ने १७ वर्षीया पुजा सुनार घाइते भएका छन् । घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए । चालकलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
माघ १, २०८१ मंगलबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार