बेलायती प्रधानमन्त्री स्टारमर डब्लिनको ‘ऐतिहासिक’ भ्रमणमा
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार २२:१८:३१
२२ भदौ, डब्लिन । ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उदेश्यले बेलायतका प्रधानमन्त्री कीर स्टारमरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गरेका छन् । यो पाँच वर्षयता बेलायती नेताको पहिलो आयरल्याण्ड भ्रमण हो ।
डाउनिङ स्ट्रिटले अघिल्लो कन्जर्भेटिभ सरकारको शासनकालमा बिग्रिएको द्विपक्षीय सम्बन्धलाई जोड्दै यो भ्रमणलाई “संयुक्त राह्य (युके)–आयरल्यान्ड सम्बन्धका लागि ऐतिहासिक क्षण” भनेर वर्णन गरेको छ । आयरल्याण्डका समकक्षी साइमन ह्यारिसले स्टारमरलाई डब्लिनमा स्वागत गरेका छन् ।
“यो भ्रमणले बेलायत र आयरल्यान्डबीचको सहयोग र मित्रताको नयाँ युगलाई चिह्नित गर्दछ”, स्टारमरको कार्यालयले आयरल्यान्ड भ्रमण घोषणा गर्दै एक विज्ञप्तिमा भन्यो । युके–आयरल्यान्ड सम्बन्ध “कहिले पनि आफ्नो पूर्ण क्षमतामा पुगेको छैन र म यसलाई परिवर्तन गर्न चाहन्छु”, डाउनिङ स्ट्रीटले जारी गरेको टिप्पणीमा स्टारमरले भने ।
बेलायतीहरूले सन् २०१६ मा एउटा ऐतिहासिक जनमतसंग्रहमा युरोपेली सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेका थिए र वर्षौँको राजनीतिक विभाजन र गतिरोधपछि अन्ततः सन् २०२० मा देश युरोपेली सङ्घबाट बाहिरिएको थियो। कन्जर्भेटिभ पूर्व प्रधानमन्त्री बोरिस जोनसनको यो कदमलाई आयरल्यान्ड र उत्तरी आयरल्यान्डको ब्रिटिश प्रान्त बीचको सम्बन्धलाई अस्थिर पारेको भन्दै आलोचना गरिएको थियो ।
शनिबारको भ्रमणका क्रममा दुई देशका नेताहरुले ’गुड फ्राइडे सम्झौता, सन् १९९८ मा भएको ऐतिहासिक शान्ति सम्झौता र उत्तरी आयरल्यान्डमा मेलमिलापका लागि आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार