बाइडेनले आफ्नो ४ वर्षे कार्यकालमा ५३२ दिन लिए बिदा
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १६:२६:३३
२३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो ४ वर्षे कार्यकालमा ५३२ दिन बिदा लिएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार ८१ वर्षीय बाइडेनले राष्ट्रपति पद ग्रहण गरेको १३२६ दिन भइसकेको छ । बाइडेनले यी दिनको ४० प्रतिशत बिदा लिएका छन् भने उनले ७९४ दिन मात्र काम गरेका छन् ।
रिपोर्टका अनुसार बाइडेनले हरेक १० दिनमा ४ दिन बिदा लिइरहेका छन् । अमेरिकामा कुनै पनि व्यक्तिले प्रत्येक वर्ष औसत ११ दिन बिदा पाउँछन् । यसका अनुसार बाइडेनले ४ वर्षमा जति बिदा लिएका छन्, एक साधारण अमेरिकी व्यक्तिलाई ४८ वर्ष लाग्छ ।
यो अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले लिएको सबैभन्दा धेरै बिदा हो । यसअघि ट्रम्पले आफ्नो कार्यकालमा १४६१ दिनमा २६ प्रतिशत अर्थात् ३८१ दिन बिदा लिएका थिए । जबकि बराक ओबामा र रोनाल्ड रेगन आफ्नो कुल कार्यकालको ११ प्रतिशत दिन मात्र बिदामा थिए । जिम्मी कार्टरले राष्ट्रपतिको रुपमा ७९ दिन मात्रै बिदा लिएका थिए । विश्वको उथलपुथलका बीच अमेरिकी राष्ट्रपतिले लामो समय बिदा लिएको भन्दै बाइडेनको आलोचना भइरहेको छ ।
बाइडेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति जहिले पनि बिदामा गएको बेला आफ्नो काममा जोडिएको अवस्थामा रहने बताएका छन् । उसले नियमित रूपमा आवश्यक कलहरू प्राप्त गर्ने र सजिलै सम्पर्क गर्न सकिने अवस्थामा बसेको स्पष्ट गरेका छन् । बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् ।
८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएर अमेरिकाको राष्ट्रपति बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा
भदौ ३१, २०८१ सोमबार
फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार