खोला किनारमा थप २० मिटर छोड्नुपर्ने फैसला व्यवहारिक छैन, पुनरावलोकन हुनुपर्छः मुख्यसचिव
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १६:५६:३०
२३ भदौ, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले यसविरुद्ध सरकार पुनरावलोकनमा जाने उनको भनाइ छ ।
आइतवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् । सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा खोला तथा नदी किनारामा संरचना बनाउँदा २० मिटर छोड्नुपर्ने फैसला गरेपछि उत्पन्न समस्याबारे सर्वत्र चासो देखिएको छ । खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वोच्चको यो फैसला कार्यान्वयन गरिने सूचना जारी गरेपछि फैसलामाथि पुनरावलोकन हुनुपर्ने आवाज उठिरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले त पुनरावलोकनका लागि सर्वदलीय पहलका लागि अभियान नै चलाएको छ । उता, नेपाली कांग्रेसले पनि सर्वोच्चको यो फैसला पुनरावलोकन हुनुपर्ने बताएको छ । यसै मेसोमा सरकारका मुख्य सचिव एकनारायण अर्यालले पनि सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानुपर्ने बताएका छन् । अर्यालले अदालतको फैसला कार्यान्वयन गर्दा अप्ठ्यारो पर्ने अवस्था रहेको भन्दै यस सम्बन्धमा सरकारको धारणा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
उनले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला रिभ्यु हुनुपर्ने उल्लेख गरे। उनले अदालतको फैसलाले महानगर र सरकारले गर्नुपर्ने केही राम्रा कुरा आएको बताए । उनले भने,‘काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला रिभ्यु (पुनरावलोकन) गर्नुपर्छ । केही कुराहरू राम्रा कुरा आएका छन्। महानगर र सरकारले गर्नुपर्ने केही विषयहरू छन्। केही कुराहरू कार्यान्वयन गर्दा अप्ठ्यारो पर्ने अवस्था छ। त्यो विषयमा सरकारको टिमले काम गरिरहेको छ । त्यही अनुसार अदालतमा सरकारको धारणा पेश गर्ने तयारी छ ।’
उनले चाडपर्वको समयमा बजारमा चिनी,औषधि लगायत अत्यावश्यक वस्तुहरू अभाव हुन नहुने बताए । उनले सरकारले कडाइका साथ बजार अनुगमन गर्ने र कालोबजारी गरेको पाइएमा जोसुकै भएपनि छुट नदिने बताए । उनले चाडपर्वको समयमा कालोबजारी गर्ने व्यवसायीहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार