सहकारीका विषयमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ, डिभोर्सबारे संसदमा बहस गर्न आवश्यक छैनः कांग्रेस
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १२:५६:१७
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले कानुनी रुपमा गरेको सम्बन्ध विच्छेदको विषय संसदमा बहसको विषय हुन नसक्ने बताएको छ । बुधबार बिहान पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले उपसभापति धनराज गुरूङको डिभोर्सबारे संसदमा बहसको विषय नहुने बताएको हो ।
कांग्रेसले सहकारी ठगीमा नाम जोडिएका गुरुङमाथि छानबिन गर्न तयार भएको बताएको छ । पदाधिकारी बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले गुरुङ स्वयंले केही गल्ती भए छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको जानकारी दिए । उनले कानुनीरुपमा डोभर्स भइसकेपछि त्यो सक्कली हो या नक्कली भनेर विषय उठान गर्नु अनुचित हुने बताए ।
उनले सहकारीको रकम अपचलन गरेको विषयमा भने गुरूङमाथि छानबिन गर्न कांग्रेस तयार रहेको बताए । गल्ती गरेको हो भने गुरूङ आफैले सजाय भोग्नुपर्ने उनको भनाइ छ । सहकारीको रकम अपचलनको आरोप लागेपछि उपसभापति गुरूङमाथि छानबिन हुनुपर्ने कांग्रेसको भनाइ हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार