भियतनाममा यागी आँधीबाट १२७ को मृत्यु, ५४ जना बेपत्ता
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १४:५१:२०
२६ भदौ, काठमाडौं । भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्ट अनुसार भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको ज्यान गएको छ भने ५४ जना बेपत्ता भएका छन् ।
हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ । पहिरोका कारण अवस्था बिग्रिएको छ । उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन् ।
टाइफुन यागी भियतनाममा विगत ३० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी हो, जसले देशको उत्तरी भागमा विनाश मच्चाएको छ । फु थो प्रान्तमा फोङ चाउ पुल भत्किँदा धेरै सवारी साधन पानीमा डुबेका छन् । आँधी यागी पश्चिमतर्फ सर्ने क्रममा क्षति बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।
यागी आँधीमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र पहिरोका कारण धेरै पुल र भवनहरु भत्किएका छन् । भियतनाम भन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा यागी आँधीका कारण २४ जनाको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार