युक्रेनको जित अमेरिकामा निर्भर : जेलेन्स्की
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार २२:१४:५
२६ भदौ, किएभ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किएभको भ्रमणमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको बताएका छन् । “जहाँसम्म जितको योजनाको प्रश्न छ... यो धेरैजसो अमेरिका र अन्य साझेदारको समर्थनमा भर पर्दछ”, जेलेन्स्कीले पत्रकार सम्मेलनमा भने ।
उनको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठीक दुई महिनाअघि आएको छ । निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किनुभए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ । ट्रम्पले निर्वाचन जित्यो भने युद्ध अन्त्य गर्न रुसलाई क्षेत्रीय सहुलियत प्रदान गर्न किएभलाई दबाब दिन उनले सहायताको फाइदा उठाउने ट्रम्पका सहयोगीहरूले सुझाव दिएका छन् ।
जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा तयार गर्ने बताए । उनले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले किएभको ताकतको अवस्थाबाट सम्भावित वार्तामा प्रवेश गर्न अनुमति दिएको तर्क दिए । युक्रेनले जुनमा स्विट्जरल्यान्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गर्यो तर रुसलाई आमन्त्रण गरेको थिएन ।
त्यसपछि जेलेन्स्कीले आगामी शिखर सम्मेलनमा मस्कोलाई सहभागी गराइनुपर्ने बताएका छन् । कुर्स्कमा भएको आक्रमणपछि क्रेमलिनले वार्तालाई अस्वीकार गरेको छ र युक्रेनले युद्धविरामका लागि यस क्षेत्रको ठूलो हिस्सा सुम्पिन माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार