ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार ११:२:२२
२७ भदौ, महोत्तरी । भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ । रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पतालले यो आधुनिक प्रविधिबाट पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया थालेको हो ।
जिल्लाको सुदूर दक्षिणपश्चिमी ग्रामीण भेगमा सञ्चालित अस्पतालले यो आधुनिक प्रविधिको शल्यक्रिया सफलतापूर्वक गरेपछि अब यस प्रकृतिका बिरामीले आफ्नै गाउँघरमा सेवा पाउने छन् । गत मङ्गलबार अस्पतालका शल्य चिकित्सकद्वय डा. अश्विनीकुमार यादव र डा. मनिषकुमार ठाकुरले यो प्रविधिबाट एक बिरामीको शल्यक्रिया गरेको हो । यो सफलतासँगै अस्पतालले अब पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया यही गरिने घोषणा गरेको छ ।
“अस्पतालमा दक्ष चिकित्सक र आधुनिक प्रविधि दुवै उपलब्ध छन्, अब यस प्रकृतिका बिरामीले उपचारका लागि टाढा जान पर्दैन,” अस्पताल सञ्चालकमध्येका एक डा. सुरेन्द्रकुमार यादवले भने । अब पत्थरीको उपचारका लागि जनकपुर, विराटनगर, धरान र काठमाडौँ तथा भारतका दरभङ्गा र पटना पुग्नुपर्ने बाध्यता हटेको छ ।
जिल्लाको गौशाला, सोनमा, औरही र सम्सीसहितका स्थानीय तह अस्पताल वरिपरि छन् । नेपाल–भारत सीमा अस्पतालबाट चार किलोमिटरको दूरीमा छ । यहाँ उपचार सोव लिन गौशाला, सोनमा, औरही, सम्सी र रामगोपालपुरसहितका स्थानीय तहका करिब ४० बस्ती र भारतको सीतामढीका दर्जनौँ बस्तीका बिरामी यहाँ आउने गरेका छन् ।
दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरिँदा बिरामीलाई घाउमा संक्रमण नहुने चिकित्सकहरू बताउँछन् । यो प्रविधिबाट शल्यक्रिया गरिएकाहरू छ घण्टामै हिँड्डुल गर्नसक्ने र सामान्य दिनचर्यामा फर्कने डा. अश्विनीकुमार यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार