ललितपुरको एकान्तकुनाबाट कल सेन्टर चलाउने ५० जना सीआईबीको नियन्त्रणमा
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १४:२६:१२
२७ भदौ, काठमाडौं । ललितपुरको एकान्तकुनाबाट अवैध रूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा प्रहरीले ५० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
बुधबार सीआईबीको टोलीले कल सेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ । ५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक छन् । अन्य व्यक्तिहरूको स्क्रिनिङ भइरहेको बताइएको छ ।
घर नै भाडामा लिएर उनीहरुले कल सेन्टरको नाममा अनलाइनसम्बन्धि विभिन्न अपराधिक काम गर्दै आएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । अनलाइन स्क्याम, क्रिप्टो, जुवा लगायत अपराधमा उनीहरुको संलग्नता देखिएको छ ।
पक्राउ परेका कामदारलाई छाड्ने र चिनियाँ र फिलिपिनीसहित मुख्य आठ जनालाई मुद्दा चलाउने प्रहरी तयारी छ । सीआईबीले नियन्त्रणमा आएकामाथि थप अनुसन्धान थालेको छ । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै
माघ ११, २०८१ शुक्रबार