होटललाई उद्योग सरहको मान्यता दिन्छौं : उपप्रधानमन्त्री पौडेल
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार २१:५५:५६
२८ भदौ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटोको रुपमा रहेको होटल व्यवसायलाई उद्योग सरह मान्तया दिलाउन पहल गर्ने बताएका छन् । क्यापिटल नेपालले आज यहाँ आयोजना गरेको होटेलियर समिटमा उनले सरकारले होटलको लगानीलाई उद्योग सरहको सुविधा दिने विश्वास दिलाए । उपप्रधानमन्त्री पौडेलले विगतमा आफू अर्थमन्त्री भएको बेला बजेट वक्तव्यमा होटललाई उद्योगको मान्यन दिने विषय उल्लेख गरेको भए पनि आफू सरकारबाट बाहिरिएपछि त्यसको कार्यान्वयन नभएको बताए ।
“म आफैले बनाएको बजेटमा होटललाई उद्योगको मान्यता दिने भनेर समावेश गरेको थिए, बजेट कार्यान्वयन गर्न नपाउँदै सरकारबाट बाहिरिनुपर्यो । अहिले उपयुक्त समय आएको छ”, उनले भने, “वर्तमान सरकारले होटललाई उद्योग सरहको मान्यत र उद्योग सरहको सुविधा दिन्छ । बरु के–कस्ता सुविधा दिन सकिन्छ, सरोकारवाला व्यवसायीसँग छलफल गरेर प्राप्त सुझावको आधारमा अघि बढ्छौँ ।”
उपप्रधानमन्त्री पौडेलले नेपाल पर्यटन बोर्डलाई गतिशील र प्रभावकारी बनाउन जरुरी भएको बताउँदै भने, “पर्यटन बोर्डको भूमिका प्रभावकारी बनाउन जरुरी छ, कार्यकारी प्रमुख छनोट भएको छ, अब कुन–कुन विषयमा सुधार गर्नुपर्ने हो, त्यसअनुरुप सरकारले ठोस कदम चाल्नेछ”, उनले भने ।
उपप्रधानमन्त्री पौडेलले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा निजगढमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अहिलेको अपरीहार्य भएको उल्लेख गरे। “गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर सरकारले राम्रो काम गरेको छ”, उनले भने, “अब, यो विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको उपस्थितिमा पटककट विभिन्न छलफल र परामर्श भएको छ, पर्यटन प्रवर्द्धनका निम्ति दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु अपरिहार्य भइसकेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार