डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने निगमको न्यरोबडी दुबईमै थन्कियो
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार १०:०:३७
२९ भदौ, काठमाडौं । दुबईबाट गएराति नेपाल फर्किनुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी जहाज उतै रोकिएको छ । काठमाडौं फकर्ने बेलामा ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखिएपछि दुबईमै रोकिएको छ । यसमा १५० यात्रुले टिकट काटेका थिए ।
यो जहाज शुक्रबार राति ११ः५२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको थियो । उक्त जहाज दुबईबाट स्थानीय समय अनुसार ३ः५५ बजे नेपाल फर्किनुपर्ने तालिका थियो । तर, ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखियो । निगमका अनुसार अहिले स्पेयर पार्टस जडान गरी नेपाल फर्काउने प्रयास भइरहेको छ ।
यो विमानबाट आज बिहान पौने १० काठमाडौंमा अवतरण भइसक्नुपर्ने तालिका थियो । तर, निगमसँग अर्को जगेडा विमान नभएकाले घर फर्किँदै गरेका १ सय ५० नेपाली कामदारसहितका यात्रु उतै अलपत्र परेका छन् । ती यात्रुलाई निगमले खर्च ब्यहोर्ने गरी होटलमा राखिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार