निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार २०:५३:२७
१ असोज, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी तदारुकताकासाथ काम गर्न आज विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका नायब महाप्रबन्धक (प्राविधिक), इञ्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखलाई विमान नियमित उडानको कार्ययोजना ल्याउन निर्देशन दिइएको हो ।
यसैगरी अत्यावश्यक र अत्यन्त जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहतका कर्मचारीलाई नपठाउन निर्देशन दिइएको छ । उक्त अवधिमा निगमका सबै विभागका इञ्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीलाई कार्यालयको काममा बाध पर्नेगरी बिदा नलिन निर्देशन दिइएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार