बंगलादेशविरुद्ध भारत २८० रनले विजयी
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार ११:५५:५३
६ असोज, काठमाडौं । भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो ।
भारतको जितमा आर आश्विनले ६ विकेट लिदै बंगलादेशलाई अल आउट गर्न महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ र जसप्रित बमराहले एक विकेट लिएका थिए । त्यस्तै बंगलादेशका लागि कप्तान नाजमुल होसैन शान्तोले सर्बाधिक ८२ रन बनाएका थिए ।
जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको थियो । भारतले पहिलो इनिंगमा पाएको २२७ रनको बढ्तका आधारमा बंगलादेशलाई विशाल लक्ष्य दिएको थियो ।
भारतका लागि दोस्रो इनिंगमा शुभमन गिल र ऋषव पन्तले शतक बनाएका थिए । गिलले अविजित ११९ रन बनाए भने पन्त १०९ रन बनाएर आउट भएका थिए । यस अघि भारतले पहिलो इनिंगमा ३७६ रन बनाएको थियो भने बंगलादेश १४९ रनमै अल आउट भएको थियो ।
यो जितपछि भारतले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि भारतको कानपुरमा शुरु हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतविरुद्ध बंगलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट
असोज ४, २०८१ शुक्रबार
लिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव
असोज ६, २०८१ आइतबार
भारतमा एक हजार र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै नेपाल
असोज ६, २०८१ आइतबार
पातको व्यापार गर्दै स्थानीय महिला
असोज ६, २०८१ आइतबार
विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ
असोज ६, २०८१ आइतबार
आयुर्वेदिक चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै
असोज ६, २०८१ आइतबार