शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठेका श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको अनुमोदन अनिश्चित
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार १२:२६:५१
६ असोज, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले स्नातक तहको प्रमाणपत्र नभएर संसदीय अनुमोदन हुनबाट रोकिएका श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका विषयमा निर्णय लिन ढिलाई गरेको छ । उनको प्रमाणपत्रबारे के गर्ने भन्ने अन्योल भएपछि आजका लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको छ ।
समितिका एक सदस्यले दिएको जानकारी अनुसार उहाँ (भट्टराई) को शैक्षिक प्रमाणपत्र छैन । राजदूत हुन स्नातक तह उत्रिण भएको हुनुपर्छ । तर, उनले फेरी समितिलाई सो प्रमाणपत्र उपलब्ध गराएका छैनन् । यसैले उनको अनुमोदन रोकिएको हो । फेरी समितिमा पनि सदस्यहरूबीच एकमत छैन । प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको प्रमाणपत्र नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो ।
यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो । भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको छ । उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् । उनी नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका थिए । राजदूतहरूको संसदीय सुनुवाइबाट पारित निर्णयमा भने दुई जना सांसदले फरक मत राखेका थिए ।
१७ देशको राजदूतका लागि सरकारले सिफारिस गरेका नाममध्ये १६ देशका प्रस्तावित राजदूतको नाम समितिले बिहीबार अनुमोदन गरेको थियो । त्यसमध्ये दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित र मलेसियाका नेत्रप्रसाद तिम्सिनामा उच्च नैतिक चरित्र नभएकाले उनीहरूलाई राजदूतमा नियुक्त गर्न नहुने प्रस्ताव सांसद डोलप्रसाद अर्यालले राखेका थिए ।
त्यसैगरी अर्का सांसद प्रकाश अधिकारीले भारतका लागि राजदूतमा सिफारिस डा.शंकर शर्मा, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित नियुक्त हुन अयोग्य रहेको भन्दै फरक मत राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार