आयुर्वेदिक चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार १३:५४:५५
६ असोज, नवलपुर 'नवलपरासी' । पछिल्ला वर्षमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गइरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी 'बर्दघाट–सुस्तापूर्व'का कार्यालय प्रमुख डा सुजाता शर्माका अनुसार आयुर्वेद चिकित्साप्रति नागरिकको विश्वास बढ्दै जाँदा बर्सेनि बिरामीको आकर्षण बढ्दै गएको हो ।
जिल्लामा आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य केन्द्र आउने बिरामीको सङ्ख्या तीनगुणाले बढेको डा शर्माले जानकारी दिए । उनका अनुसार स्वास्थ्य केन्द्रमा आव २०७८/७९ मा आठ हजार दुई सय ३० बिरामीले सेवा लिएकामा गत आर्थिक वर्ष २०८०/८१ मा यो सङ्ख्या बढेर २५ हजार दुई सय ९६ पुगेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य केन्द्रबाट २३ हजार पाँच सय ३८ बिरामीले सेवा लिएका डा शर्माले बताए ।
गत वर्ष अस्पतालबाट आठ हजार नौ सय ९४ जनाले बहिरङ्ग सेवा लिएका भन्दै उहाँले नौ हजार तीन सय ८१ जनाले नागरिक आरोग्य सेवा लिएका बताए । त्यस्तै एक सय ४९ जनाले स्तनपायी आमा सेवा कार्यक्रम, दुई सय ७५ जनाले ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, दुई हजार सात सय २१ जनाले पञ्चकर्म कार्यक्रम, एक सय २९ जनाले स्वास्थ्य प्रवद्र्धनका लागि जीवनशैली परिवर्तन तथा योग, एक सय ४९ जनाले कर्पोरेट योग, तीन सय ९२ जनाले उपचारात्मक योग सेवा लिएका डा शर्माले जानकारी दिए।
त्यसैगरी तीन सय ३२ जनाले भिडियो एक्स–रे सेवा, दुई जनाले शल्यचिकित्सा, दुई सय ३३ जनाले ज्येष्ठ नागरिक आरोग्य सेवा, दुई हजार दुई सय १३ जनाले प्रयोगशाला परीक्षण तथा तीन सय २६ जनाले अन्य आयुर्वेद कार्यक्रम लिएका उनको भनाइ छ । स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवामध्ये प्रयोगशाला, भिडियो एक्स–रे तथा शल्यक्रियामा शुल्क लाग्ने भए पनि अन्य सबै प्रकारका सेवाहरु निःशुल्क उपलब्ध हुने गरेको डा शर्माले जानकारी दिए ।
स्वास्थ्य केन्द्रबाट बिरामीलाई औषधिसमेत निःशुल्क वितरण हुँदै आएको डा शर्माले बताए । “सरकारले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्नुपर्ने नियम बनाएको छ”, उनले भने, “तर, अहिले हामीले यहाँ उपचार गर्न आउने बिरामीलाई विभिन्न ३० प्रकारका आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध गराउँदै आएका छौँ ।”
स्वास्थ्य केन्द्रबाट अम्लपित्त, हाडजोर्नी, पिनास, पाइल्स, फिसर, पेटको रोग, स्त्रीरोग, छालासम्बन्धी रोग, वातरक्त 'युरिक एसिड', श्वास, कास, शिर रोग, मिर्गौलाको पत्थरी, उच्च रक्तचाप, मधुमेहलगायत रोगको उपचार गरिँदै आएको डा शर्माले जानकारी दिए । आयुर्वेदिक उपचार पद्धतिबाट बिरामी निको हुन समय लाग्ने भए पनि बिरामीमा कुनै पनि खराब असर नपर्ने भएका कारण बिरामीको आकर्षण बढ्दै गएको उनले बताए । स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवालाई थप विस्तार गर्दै लैजाने तयारी भइरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प
असोज ६, २०८१ आइतबार
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित
असोज ६, २०८१ आइतबार
पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ?
असोज ६, २०८१ आइतबार
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव
असोज ६, २०८१ आइतबार
भारतमा एक हजार र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै नेपाल
असोज ६, २०८१ आइतबार