हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार १०:३३:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/bitcoin-1_sEJT0Bfgtq_uTDybpUB4g.jpg)
८ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेर छाडिएको घटनामा इन्स्पेक्टरसहित तीन प्रहरीलाई कारबाही सिफारिस गरेपनि हाकिमकै आदेशबिना ५० लाख लिएर गुपचुप पारे भन्ने पत्याउन कठिन छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको छानबिन समितिले सो विषयमा सोमबार साँझ प्रतिवेदन बुझाउँदै इन्स्पेक्टरलाई कारबाही सिफारिस गरेको भएपनि त्यसमा इन्स्पेक्टर मात्रै संलग्न थिए भनेर बाहिरी दुनियाँले पत्याउन कठिन भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईविरुद्ध कारबाही गर्न सिफारिस भएको थियो । सो प्रतिवेदन एआईजी किरण बज्राचार्यलाई प्रतिवेदन बुझाइसकेको छ । हवल्दार खड्काले भदौको दोस्रो साता आशिष आचार्यलाई क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए ।
दुई दिन थुनामा राखेर उनलाई छाडिएको थियो । त्यस बीचमा आचार्यका परिवारले तेज तामाङ नामक व्यक्तिलाई ५० लाख रुपैयाँ बुझाएको बताएका थिए । प्रहरीलाई बुझाउने नाममा त्यो पैसा लेनदेन भएको थियो । आचार्यको परिवारबाट त्यसबारे जानकारी पाएपछि प्रहरीले आन्तरिक छानबिन गरेको थियो । ‘छानबिन भयो, तर ५० लाख रुपैया तल्लो तहका कर्मचारीको हातमा मात्रै पर्यो भनेर पत्याउन सकिएन, कहि न कहि माथिको आदेश वा संलग्नता रहनसक्छ ।
उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार आशिष आचार्य र तेज तामाङ साथी थिए । दुवै जना क्यानडामा सँगै बसेका थिए । तामाङ केही समयअघि नै नेपाल आएका हुन् भने आचार्य एक महिनाअघि आएका थिए । उनै तामाङले हवल्दार खड्कालाई सूचना दिई आचार्यलाई पक्राउ गर्न लगाएका थिए । पक्राउ परेपछि उनले प्रहरीमा सेटिङ मिलाएर छुटाइदिने भन्दै पैसा असुलेका हुन् । त्यसरी लिएको ५० लाखमध्ये ३५ लाख उनको बैंक खातामा जम्मा भएको खुलेको छ । बाँकी १५ लाख प्रहरीलाई दिएको हुन सक्ने आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन । पैसा बुझिसके पछि पनि तामाङ र खड्काबीच पटक–पटक फोन सम्पर्क देखिएको छ ।
पछि आचार्यलाई छाड्दा परिसरका इन्स्पेक्टर प्रतीक सिंहले ‘गुडफेथ’मा छाडिएको बताएका थिए । ५० लाख बुझाएर छुटेकोमा प्रहरीले ‘गुडफेथ’ भनेपछि आचार्यकी दिदीले यसबारे प्रहरीप्रति असन्तुष्टि व्यक्त गरी जवाफ मागेकी थिइन् । इन्स्पेक्टर सिंहको लेनदेनमा संलग्नता नदेखिए पनि चरम लापरबाही देखिएको छ । उनले हवल्दार खड्कालाई नै सबै जिम्मेवारी दिएर चलखेल गर्ने मौका दिएका हुन् । क्यानडामा क्रिप्टो कारोबार गरेकाले नेपालमा अनुसन्धान गर्न नपर्ने भन्दै उनले मुद्दा नचलाई छाडिदिएका थिए । इन्स्पेक्टर सिंहलाई विभागीय कारबाहीको सिफारिस भएको छ। हवल्दार खड्का र जवान चपाई दुवै मिलेर पैसा असुल्ने योजना बनाएको खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार