पर्याप्त पार्किङका साथ २४ सै घण्टा सेवा प्रदान गर्दै जमल विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १३:२१:४७
११ असोज, काठमाडौं । शान्त वातावरणमा लाइभ मिउजिकका साथ स्वादिष्ट परिकार अनि पार्किङको सुविधा एकै ठाउँमा पाउन काठमाडौँमा मुस्किल नै छ ।
यस्ता समस्यालाई समाधान गर्दै यथेष्ट पार्किङका साथमा मनोरञ्जनका साथै विभिन्न खानाको स्वाद अनि लाइभ मिउजिकको नयाँ थलोका रूपमा जमलको विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा आएको छ । खाना बस्न तथा मनोरञ्जनका साथै २४ सै घण्टा सेवाका साथै पर्याप्त पार्किङ यो क्लबको विशेषता भएको सञ्चालक शैलेस श्रेष्ठले जानकारी दिए ।
रात्रिकालीन र दिवाकालीन सेवासँगै, राजा लन्ज एन्ड क्लबले स्थानीय स्वदेशी एवं विदेशी पाहुनाहरूको लागि एक नयाँ जमघटको थलोको विकास गरेको उनले बताए । विभिन्न स्वदेशी एवं विदेशी खानाका साथ लाइभ मिउजिकको मज्जा लिँदै आनन्द लिन चहानेहरुको लागि राजा लन्ज एन्ड क्लब एक उपयुक्त स्थान भएको उनले बताए । क्लबको वातावरण र सेवाले जो कोहीलाई पनि अद्वितीय अनुभव प्रदानमा आफू विश्वस्त भएको श्रेष्ठले बताए ।
साँझ सात बजे देखि राती दुई बजे सम्म लाइभ मिउजिकको व्यवस्था सहित विभिन्न खानाहरूको मज्जा लिने उपयुक्त थलोका रूपमा यो क्लब सञ्चालनमा आएको अर्का सञ्चालक राजकुमार शाहले जानकारी दिए । उनका अनुसार विभिन्न स्वादका खाना सहित सांस्कृतिक कार्यक्रमको मज्जा लिन यहाँ सकिन्छ जसले क्लबको माहोललाई अझै रमाइलो बनाएको छ । शाहका अनुसार क्लबमा जन्म दिन तथा विभिन्न ग्यादरिङका साथै पार्टी गर्न पर्याप्त स्थानका साथ सुविधा समेत रहेको छ ।
जन्म दिन मनाउन साथीभाइ गेट टुगेदर गर्न तथा अन्य भेटघाटका लागि आफ्नो सवारी साधनको पर्याप्त पार्किङ समेतको व्यवस्था रहेका कारण क्लब युवा तथा अन्य माझ निकै लोकप्रिय साबित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल बराही काठमाडौंलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र
माघ ६, २०८१ आइतबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी
पुष १८, २०८१ बिहिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
माघ २०, २०८१ आइतबार
संसदीय सुनुवाइबाट न्यायपरिषदमा खड्का अनुमोदित
माघ २०, २०८१ आइतबार
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
माघ २०, २०८१ आइतबार
उमागौरी सहकारी ठगी प्रकरणः जिल्ला अदालत मोरङले अध्यक्ष रौनियारलाई थुनामा पठायो
माघ २०, २०८१ आइतबार
सञ्चारमन्त्री गुरुङद्वारा मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन
माघ २०, २०८१ आइतबार